Logo
Logo

पान्गोङ त्सो ताल क्षेत्रबाट भारत र चीनका सेना फिर्ता


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । भारत र चीनबीचको सीमा विवाद हल हुनेतर्फ अघि बढेको छ । पान्गोङ त्सो ताल क्षेत्रबाट दुबै देशका सेना फिर्ता गर्ने कार्य सकिएको भारतीय रक्षा मन्त्रालयले प्रकाशित गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

दुबै पक्षले लाइन अफ एक्चुअल कन्ट्रोल भनेर चिनिने सीमाका अन्य क्षेत्रमा पनि तनाव कम गर्दै लैजाने सहमति बनेको विज्ञप्तीमा उल्लेख छ । गत जुन महिनामा गल्वानमा रहेको सो ताल क्षेत्रमा दुई देशका सैनिकहरुबीच हिंसात्मक झडप भएको थियो ।

सो झडपमा भारतका २० र चीनका ४ जना सेना मारिएका थिए । भारतले त्यसबेला नै आफ्ना २० सैनिक मारिएको बताएपनि चीनले गत साता मात्र आफ्ना तर्फ ४ सैनिक मारिएको पुष्टि गरेको हो । जुन यता पटक–पटक तनाव बढ्दै जाँदा दुबै देश वार्तामा जोडिएका थिए ।

गत फेब्रअरी ११ तारिखमा ताल क्षेत्रबाट सेना फिर्ता गर्ने भारत र चीनले घोषणा गरेका थिए । गएको शनिबार दुबै पक्षका सैन्य कमाण्डरहरुले सेना फिर्ताको प्रक्रिया कसरी भइरहेको छ भनेर छलफल गरेका थिए ।

संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘लाइन अफ एक्चूअल कन्ट्रोलको पश्चिमी क्षेत्रमा बाँकी रहेका समस्याहरू समाधानका लागि पनि राम्रो आधार बन्न सक्ने छ ।’ चीन र भारतबीच दशकौँदेखि सीमा विवाद रहँदै आएको छ र त्यसैका कारण सन् १९६२ मा दुई देशबीच युद्ध पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्