काठमाडौं, ११ फागुन ।
प्रतिनिधि सभा बिघटनसम्बन्धि मुद्दाको फैसला हुने दिन नजिकिदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली ‘प्लान बी’ को तयारीमा लागेका छन् । अदालतलाई धम्काउनेदेखि उनी अनेक चलखेलमा लागेका छन् ।
यही बीचमा मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै छ । त्यसलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्रीका सहयोगीहरुले आजको मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णय हुनसक्ने बताएका छन् ।
उता सर्वाेच्चमा आज सो मुद्दाको सुनुवाई छ । तर, आजै फैसला हुने सम्भावना नरहेको स्रोत बताउँछ । यो हप्ता भने फैसला आउने सम्भावना छ ।