Logo
Logo

‘अदालतप्रतिको जनआस्था सुदृढ, नेपाली जनताको जीत’ : प्रचण्ड


दृष्टि संवाददाता

2.6k
Shares

चितवन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले नेपाली नागरिको पक्षमा फैसला गरेको भन्दै स्वागत गरेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला सुनाएलगत्तै प्रचण्डले नेपाली जनताले आफै लेखेको संविधानको जीत भएको बताए ।

उनले अदालत प्रतिको जनास्था पुनः सुदृढ भएको बताए । प्रचण्डले भने,‘‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले रातोपाटीसँग भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई’

सर्वोच्च अदालतले फैसला सुनाउँदै गर्दा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा थिए ।

प्रतिक्रिया दिनुहोस्