Logo
Logo

‘दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारबाही गर्न सक्छन्’


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारबाही गर्न सक्ने बताएका छन् ।
बुधबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रतिनिधिसभा बिघटन गरेर प्रधानमन्त्रीले गम्भीर गल्ती गरेको प्रमाणित भइसकेकाले प्रधानमन्त्रीलाई कारबाही गर्ने सम्बन्धी अधिकार संविधानमा व्यवस्था भएको बताएका हुन् ।
उनले सर्वोच्चको फैसलाले एउटा नजिर स्थापना गरेको भन्दैअब भविश्यमा कुनै पनि प्रधानमन्त्रीले यस्तो कदम चाल्न नसक्ने तर्क गरे । कसैको चाहनामा संसदलाई मार्न नसक्ने सर्वोच्चको फैसलामा उल्लेख गरेको उनको भनाइ छ ।
उनले आफैँले बिघटन गरेको संसद पुनसर््थापना भएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने जिकिर गरे । थापाले राष्ट्रपतिले समेत संविधानको मान राख्न नसकेको धारण राखे ।
त्यस्तै उानले प्रधानमन्त्रीले आफ्नो पद लम्वाउनका लागि नै संसद बिघटन गरेको बताए । उनले सर्वोच्चको फैसलाले संविधानवादको रक्षा गरेको धारणा पनि राखेका थिए । उनले संवैधानिक आयोगहरुमा भएका नियुक्तिहरु स्वतः खारेज भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्