काठमाडौं, १२ फागुन ।
चेकिङमा रहेका प्रहरीलाई मोटरसाइकलले ठक्कर दिने र त्यसपछि घुस दिएर प्रभावीत पार्न खोज्ने युवक पक्राउ परेका छन् ।
मध्यपुरठिमी नगरपालिका–१ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा ललितपुर बालकुमारी बस्ने रामेछाप लिखु गाउँपालिका–६ घर भएका २८ वर्षीय ज्ञान नारायण श्रेष्ठलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिंङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिए पश्चात प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।