पर्वत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि स्थिरता र स्थायित्व आवश्यक रहेकाे बताएका छन् ।
पर्वत उद्योग वाणिज्य सङ्घको २८ औँ साधारण सभा तथा १७ औँ अधिवेशनको बुधबार उद्घाटन गर्दै उनले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भएमा मात्र समृद्धिको वातावरण बन्ने बताए ।
अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक विकासका थुप्रै सूचकको प्रचुर सम्भावना रहे पनि लगानीको अभाव रहेको बताउँदै अस्थिरताका कारण जोखिम बढ्दै गएको बताए । ‘जबसम्म मुलुकले राजनीतिले स्थायित्वको मार्ग पक्डदैन, मुलुकको समृद्धिका लागि राजनीतिक दलहरु एकजुट हुन सक्दैनन्, तबसम्म उद्योग, कलकारखानामा लगानी गर्न कोही पनि तयार हुँदैन’, उनले भने, ‘व्यवसायीको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्दछ ।’ अध्यक्ष गोल्छाले राज्यले लगानीको सुनिश्चितता गर्ने, लगानीकर्तालाई प्रवद्र्धन गर्ने र उनीहरुको सुरक्षाको ग्यारेण्टी लिनुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकका उद्योगी, व्यवसायीको सुरक्षाका लागि महासङ्घ निरन्तर सक्रिय रहेको बताउँदै निजी क्षेत्र नै मुलुकको समृद्धिको प्रमुख साझेदार रहेको उल्लेख गरे ।