काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बैठक बस्ने गरी यो समुहको स्थायी कमिटी बैठक सकिएको थियो तर आज बैठक नबस्ने भएको हो ।
सर्वोच्चले गरेको प्रतिनिधि सभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने बुधबारको बैठकले निर्णय गरेको थियो।