Logo
Logo

बामदेव गौतम प्रचण्ड भेट्नलाई खुमलटारमा


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । बामदेव गौतम नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्न एकाबिहानै खुमलटार पुगेका छन् । पार्टी एकता अभियान चलाएर कुनै गुटमा नखुलेका गौतम नेकपा एकता अभियानमा लागेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि गौतम पहिलोपटक प्रचण्डलाई भेट्न खुमलटार गएका हुन् । स्रोतका अनुसार नेता गौतम बिहान ७ बजेअघि नै खुमलटार पुगेका थिए । करिब आधा घण्टा प्रचण्डसित कुराकानी गरेर उनी बाहिरिएका छन् ।

पार्टी एकताको विकल्प नभएकाले नेताहरुले पार्टी एकताका लागि पहल गर्नुपर्ने विषयमा छलफल भएको छ । प्रतिनिधिसभा विघटनपछि पार्टी एकताका लागि भन्दै उपाध्यक्ष गौतम कुनै पनि गुटमा सक्रिय भएका छैनन् ।

उनकै नेतत्वमा पार्टी एकता अभियान सञ्चालन गरेर बसेका थिए । फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि उनले प्रचण्डसितका नेतालाई भेट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्