Logo
Logo

पुटिनका विरोधी नाभाल्नीलाई लगियो ‘अज्ञात’ स्थान


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थानमा लगिएको छ ।

एवम् भ्रष्टाचार विरोधी नेता नाभाल्नीलाई कहाँ लगिएको हो भन्ने कुराको जानकारी यस पटक सरकारले नदिएको उनका सहयोगीहरुलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । उनलाई अर्को कुनै जेलमा लगिएको अनुमान गरिएको बीबीसीले उल्लेख गरेको छ ।

यसै महिनाको सुरुवातमा अदालतले नाभाल्नीलाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला गरेको थियो । यसलाई राजनीतिक रुपमा प्रेरित भनिएको थियो ।

नाभाल्नी राष्ट्रपति पुटिनका कट्टर आलोचक हुन् । गत वर्ष उनलाई साइबेरियामा झुक्याएर विष पिलाइएको थियो र एक स्वतन्त्र जाँच आयोगले रुसी एजेन्टले नाभाल्नीको हत्या प्रयास गरेको निष्कर्ष निकालेको थियो ।

गम्भीर विरामी परेर कोमामा पुगेका उनलाई जर्मनी लगेर उपचार गरिएको थियो । यसै वर्षको जनवरीमा उनी जर्मनीबाट रुस फर्किएका थिए । रुस फर्किएलगत्तै उनलाई पक्राउ गरिएको थियो । रुसको एक अदालतले उनलाई तीन वर्षको कैद सजायँ सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्