Logo
Logo
एनसेल प्रकरण

उपेन्द्र महतोद्धारा ५ करोड बढी अमेरिकी डलर कर छली


दृष्टि संवाददाता

2.1k
Shares

काठमाडौं । २०७२ सालमा एनसेलको शेयर खरिद बिक्री हुँदा तिर्नपर्ने पूँजीगत लाभकरको लफडा अझै टुंगिएको छैन । ठूला करदाता कार्यालयले एनसेललाई कर तिर्न ताकेता गर्ने, सर्वोच्च अदालतले अहिले कर तिर्नु पर्दैन भन्ने आदेशसँगै एनसेलको लाभकर विवाद लुकामारीमै अल्झिएको छ ।

एनसेल–सर्वोच्चको लुकामारीले राज्यले पाउनुपर्ने अर्बौ रुपैयाँ राजस्व समयमा उठ्न सकेको छैन भने सर्वोच्च अदालतका न्यायाधीशहरुले ठूला करदाता कार्यालयले तोकेको रकमभन्दा कम रकम असुल्न आदेश दिनाले देश कंगाल र विदेशी कम्पनी मालामाल हुने अवस्था बनेको छ ।

नेपालमै लगानी गरेर नेपालमै कमाउने ठूला कम्पनीहरुको कर तोक्ने काम ठूला करदाता कार्यालयको हो, तर एनसेलले अदालतको सहारा लिँदै समयमै कर तिर्न आलटाल गरेपछि ठूला करदाता कार्यालयका कर्मचारी पनि निराश हुन थालेका छन् ।

सत्ता र अदालतमा सेटिङ मिलाएर कर छुट पाउँदै आएको एनसेललाई सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले एनसेलको माग बमोजिम गत माघ २५ गते आइतबार अन्तरिम आदेश जारी गरेपछि यो विवाद पुनः सतहमा आएको हो ।

ठूला करदाता कार्यालयले तोकेको रकममा चित्त नबुझे राजश्व न्यायाधीकरणमा जानुपर्ने एनसेल पटक–पटक कर छल्ने नियतले सर्वोच्चको ढोका पुग्ने गरेको छ । जसका कारण उपेन्द्र महतोले तिर्नुपर्ने ३ अर्ब ३१ करोडभन्दा बढी लाभकर अहिलेसम्म तिरेका छैनन् ।

महतो पनि सर्वोच्चकै आदेश कुरिरहेका छन् । त्यसैगरी निरजगोविन्द श्रेष्ठले पनि सर्वोच्चकै ढोका कुरेर अहिलेसम्म लाभकर पूरा बुझाएका छैनन् । श्रेष्ठले आफ्नो नाममा रहेको २० प्रतिशत शेयर भावनासिंह श्रेष्ठलाई बिक्रीगर्दा वास्तविक रकमभन्दा फरक विवरण ठूला करदातामा बुझाएर अर्बौ रुपैयाँ छली गरेका छन् ।

उपेन्द्र महतोले २० करोड ६६ लाख अमेरिकी डलरमा आफ्नो सेयर निरजगोविन्द श्रेष्ठलाई बिक्री गरेका थिए । बिक्रेता समूहमध्ये एक नेपाली र अर्को नेपाली कम्पनी (सिनर्जी नेपाल) नै रहेको अवस्थामा समेत उपेन्द्र महतोले पूँजीगत लाभकर छलेका हुन्हो पूँजीगत लाभकर करिब ५ करोड १६ लाख ५० हजार अमेरिकी डलर महतोले कर छलेका देखिएको छ ।

सुरुमा महतोले आफ्नो कम्पनी (बिक्रेता) र एनसेल खरीदकर्ता रेनोल्ड्स होल्डिङ दुवै ट्याक्स हेभनमा रहेका कम्पनी भएको र करको मामलामा यहाँको कानून नलाग्ने भन्दै खरीदबिक्रीको सम्झौता भएको भन्दै कर छली गरेका थिए ।

महतोले नेपालमा व्यापार गरेर कर छल्न साइप्रसमा स्थापना गरेको डेल्टो ट्रेड लिमिटेडलाई एक बिक्रेताको रुपमा प्रस्तुत गरिएको थियो । यसैगरी, वेस्ट इण्डिजको नेभिसमा कार्यालय रहेको रेनोल्ड होल्डिङलाई ‘क्रेता’ भनिएको थियो ।

नेपालको ललितपुरमा रहेको महतोको कम्पनी सिनर्जी नेपाल र नेपाली नागरिकको रुपमा उपेन्द्र महतो समेत सम्झौतामा सेयर बिक्रेता समूहको रुपमा छन् । त्यसबेला डेल्टो ट्रेड लिमिटेड, सिनर्जी नेपाल र रेनोल्ड होल्डिङ स्पाइस नेपाल प्रालिको सेयरहोल्डर थिए ।

खरीदकर्ता रेनोल्ड होल्डिङको सोही बेला एनसेलमा ६० प्रतिशत सेयर स्वामित्व थियो । त्यतिबेला उपेन्द्र महतोले एनसेलमा रहेको २० प्रतिशत सेयर रेनोल्ड होल्डिङलाई बिक्रीको सम्झौता भएको थियो ।

त्यतिबेला उपेन्द्र महतोले २० करोड ६६ लाख अमेरिकी डलरमा आफ्नो सेयर निरजगोविन्द श्रेष्ठलाई बिक्री गरेका थिए । बिक्रेता समूहमध्ये एक नेपाली र अर्को नेपाली कम्पनी (सिनर्जी नेपाल) नै रहेको अवस्थामा समेत उपेन्द्र महतोले पूँजीगत लाभकर छलेको हो ।

पूँजीगत लाभकर करिब ५ करोड १६ लाख ५० हजार अमेरिकी डलर महतोले कर छलेका देखिएको छ । उपेन्द्र महतोले नेपाल सरकारलाई ४ अर्ब १३ करोड २० लाख भन्दा बढी तिर्नुपथ्र्यो ।

त्यतिबेला महतोले श्रेष्ठलाई २० प्रतिशत शेयर बिक्री गर्दा प्राप्त लाभकर अहिलेसम्म सरकारलाई बुझाएका छैनन् । ठूला करदाता कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेर ताकेता गरे पनि महतो उक्त लाभकर छल्न अदालतको ढोकामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्