काठमाडौं, १४ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शुक्रबार अपरान्ह बालुवाटारमा बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा बिघटनपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक लागेको छ । बैठकले प्रतिनिधि सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गर्न सक्ने बताइएको छ ।
सर्वाेच्च अदालतले १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । जसअनुसार २४ फागुनभित्र बैठक बोलाउनैपर्ने अवस्था छ ।