Logo
Logo

भारतका हुन्डी कारोबारी सात लाखसहित वीरगञ्जमा पक्राउ


दृष्टि संवाददाता

0
Shares

वीरगञ्ज, १५ फागुन ।
वीरगञ्जमा हुन्डी कारोबारमा संलग्न भारतीय व्यापारीहरु पक्राउ परेका छन् ।

प्रहरीले बीरगंज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकमा चेक जाँच गर्ने क्रममा भारत, पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.२५ बस्ने बर्ष ४० को संजय कुमार गुप्ता र सोही ठाउँका बर्ष ३७ को बिनोद कुमारलाई सात लाखसहित पक्राउ गरेको हो ।


सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरीले बैंक तथा वित्तिय संस्थासम्बन्धि ऐनअनुसार कारबाही गर्ने जनाएको छ । जिल्लामा सक्रिय अन्य हुन्डी कारोबारीमाथि अनुसन्धान भइरहेको एसपी वेलबहादुर पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्