Logo
Logo

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था जटिल : चिकित्सक


दृष्टि संवाददाता

3.2k
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् । नर्भिक अस्पतालमा उपचाररत जोशीको अवस्था जटिल रहेको हो ।

मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो । दोस्रो हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई अस्पताल लैजान भनेका थिए ।

अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए । सिटी स्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि वीरबाट नर्भिक अस्पताल लगिएको थियो ।

उनको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झा भन्छन्, ‘उहाँ कोमामा हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएको थियो र बान्ता फोक्सोमा पुगिसकेको थियो ।’

सास फेर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्ता निकालिएको छ । डा. झा भन्छन्, ‘हेर्दै जाँदा उहाँको एउटा आँखाको नानी फुलेको देखियो । दुबै आँखाको नानी फुल्ने चाहिँ मृत्यु भएको अवस्थामा मात्र हुन्छ ।

सिटी स्क्यान गर्दा दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा रगत पुगेर ब्लक गरेको पाइएको डा. झाले बताए । सुगर, प्रेसरलगायतका रोगबाट समेत पीडित जोशीले रगत पातलो बनाउने औषधि खाइरहेका थिए । यस्तो मानिसको सर्जरी गर्दा धेरै रक्तश्राब हुने भएकाले रगत जोहो गरेर सर्जरी गरेको उनले बताए ।

झाका अनुसार यस्तो अवस्थाबाट बाँचेकाहरुमा ठूलो प्यारालाइसिस लामो समयसम्म रहनसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्