Logo
Logo

बामदेव गौतम बालुवाटारमा


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएसँगै पार्टीलाई पुनः एकतामै लैजानुपर्ने सुझाव बोकेर उपाध्यक्ष गौतम प्रधमानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

संसद पुनःस्थापना भएसँगै नेकपालाई मिलाउने अभिायनमा जुटेका गौतमले बिहीबार खुमलटारमै गएर प्रचण्डलाई भेटी पार्टी एकताको पहल गर्न प्रस्ताव गरेका थिए ।

उनले आजको भेटमा यस्तै प्रस्ताव ओलीसमक्ष पनि राखेका छन् ।

गौतमले नेकपामा दुइ समूह बनेसँगै कुनै पनि समूहमा नलाग्ने बताउँदै आफ्नो नेतृत्वमा नेकपा एकता अभियान शुरू गर्ने भन्दै अभियान चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्