Logo
Logo

आमसञ्चारमाध्यम जिम्मेवार बन्न आवश्यक : अध्यक्ष तिमिल्सिना


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आम सञ्चारमाध्यम गम्भीर र जिम्मेवार बन्न आवश्यक रहेको औंल्याएका छन् ।

शुक्रवार राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय आमपाठक/ स्रोतालाई भ्रममा पार्ने गरी समाचारमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै जिम्मेवार बनन आग्रह गरेका हुन् ।

सङ्घका अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, केन्द्रीय सदस्य रीता बुढाथोकी र काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष सुशील दर्नालसहितको प्रतिनिधि टोलीले आज सिंहदरबारस्थित कार्यकक्षमा उहाँसँग भेटवार्ता गरेको हो ।

सङ्घले शुक्रबारै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग भेटी विभिन्न माग प्रस्तुत गरेको छ । सो अवसरमा मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउनेबारे कतिपय नीतिनिर्देशिकाका कारण समस्या भइरहे पनि सक्दो पहल भइरहेको जानकारी दिए ।

मन्त्री गुरुङले यही फागुन २८ र २९ गते बुटवलमा हुने सङ्घको प्रथम महाधिवेशनका लागि सक्दो सहयोग गर्ने आश्वासन पनि दिए ।

सङ्घका अध्यक्ष पहाडीले सरकारी सञ्चारमाध्यम विषयवस्तु र सहभागिताको हिसाबले समावेशी हुनुपर्ने तथा दलित समुदायद्वारा सञ्चालित आमसञ्चारमाध्यम नवीकरणमा कर छुटका साथै त्यस्ता सञ्चारमाध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्