Logo
Logo

आत्मघाती गोल गरेर केपी ओली पराजित भए : रामकुमारी झाँक्री


दृष्टि संवाददाता

1.2k
Shares

बागलुङ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली आत्मघाती गोल गरेर हारेको बताएकी छन् । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै झाँक्रीले ओलीसँग थप गोल गर्ने समय बाँकी नरहेको बताएकी हुन् ।

‘खेलको नियम हुन्छ, समय हुन्छ । आत्मघाती गोल गरेर केपी ओली पराजित भइसकेका छन् । थप गोल गर्ने समय सकिएको छ,’ उनले भनिन् । अब पार्टी विभाजनमा सामेल खलपात्र बाहेकको कम्युनिस्ट पार्टी बन्ने झाँक्रीले बताइन् ।

तर, अबको पार्टीमा केपी ओली, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीहरु नहुने उनले बताइन् । झाँक्रीले पार्टी विभाजनका खलपात्र राखेर कम्युनिस्ट पार्टी नबन्ने बताइन् ।

निर्वाचन आयोगलाई पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन पनि उनले आग्रह गरिन् । केपी ओलीको चिन्ता नगरी बहुमत केन्द्रीय सदस्य रहेको नेकपालाई वैधानिकता दिनुपर्ने झाँक्रीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्