Logo
Logo

धारे हात लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा दिँदैनन् : उपप्रधानमन्त्री पोखरेल


दृष्टि संवाददाता

630
Shares

काठमाडौंँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

अनेरास्ववियूले शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको भेलामा उपप्रधानमन्त्री पोखरेलले जनताले बिश्वास गरेको प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएका हुन् ।

उनले प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने धारणा राखे । उनले हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन चूनौती समेत दिए । केपी ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने उनले बताए ।

पोखरेलले कम्युनिस्ट पार्टी हिजोझैँ ‘चल्ते, चलाते’ ढङ्गले सञ्चालन नहुने जिकिर गरे। नयाँ कम्युनिस्ट पार्टीमा युवाहरू हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने, फोहोरमैलाहरू सफा हुने पनि उनले बताए । उनले ढाडमा टेकेर टाउकोमा हान्न पल्केकाहरुलाई पराजित गर्दै पार्टीलाई मजबुद्ध ढंगले अघि बढाइने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्