Logo
Logo

सातदोबाटोसँग खुमलटार पराजित


दृष्टि संवाददाता

378
Shares

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि तीनका विरुद्ध दुई गोलको जित निकालेको हो ।

सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक–एक गोल गरे । खुमलटारका सबिन केसी र आदिल हमिदले एक–एक गोल फर्काए ।

जीतसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ । सातदोबाटो शीर्ष स्थानमा यथावत रहेको छ । खुमलटारले ७ खेलमा १६ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्