Logo
Logo

मध्यपुर युथद्वारा टुसाल पराजित


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । मध्यपुर युथ एसोसिएसनले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा पहिलो जीत निकालेको छ । शुक्रबार भएको खेलमा टुसाल युथ क्लबलाई दुईका विरुद्ध शून्य गोल अन्तरले पराजित गर्दै मध्यपुरले पहिलो जीत निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जीत दिलाउन धिरज श्रेष्ठ र कैलाश लामिछाने खत्रीले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा धिरजले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६० औं कैलाशले गोल गर्दै मध्यपुरलाई २–० को जित दिलाए । जीतसँगै मध्यपुरले ७ खेलमा ४ अंक जोडेको छ । मध्यपुर ११ औं स्थानमा उक्लिएको छ ।

टुसाल ७ खेलमा ८ अंक जोडेर सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्