Logo
Logo

मोरङमा बालिकामाथि बलात्कारको प्रयास, घटना लुकाउन मिलेमतो


दृष्टि संवाददाता

1.3k
Shares

मोरङ । मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि भएको बलात्कार प्रयासको घटना लुकाउन मिलापत्र गर्न खोजिएको खुलासा भएको छ ।

एक साता अगाडि गाँउका अगुवा र छिमेकीले पीडित पक्षलाई मिलापत्र गर्न दबाब दिदै घटना लुकाउन खोजेको रहस्य बाहिरिएको हो । पीडित पक्षलाई आर्थिक प्रलोभनमा पारेर गाउँमै घटना मिलाउने प्रयास गर्दै प्रहरीमा नजान दबाब दिएको एक सातापछि घटना बाहिरिएको मोरङ प्रहरीले जनाएको छ ।

बालिकामाथि बलात्कारको प्रयास भएको जानकारीसहित पीडित पक्षले विहीवार इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएका छन् । घटनाका आरोपित ४५ बर्षीय राजेन्द्र सरवरीया घटना बाहिरिएपछि फरार छन् ।

उनले वालिकामाथि पटक–पटक बलात्कारको प्रयास गरेको जानकारीसहित प्रहरीमा किटानी जाहेरी परेको हो । फागुन ६ र ८ गते मकै बारीमा लगेर सरवरीयाले बालिकामाथि बलात्कारको प्रयास गरेको बालिकाले प्रहरीमा जानकारी गराएकी छिन् ।

घटना बाहिर निकाल्न खोज्दा गाँउमा दबाब दिएर मिलाउन खोजेको कारण प्रहरीमा आइपुग्न ढिलो भएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । पैसा दिएर घटना मिलाउन खोजिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्