Logo
Logo

एक डोजमात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोपलाई अमेरिकामा अनुमति


दृष्टि संवाददाता

693
Shares


काठमाडौं । जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई अमेरिकाले प्रयोगमा अनुमति दिएको छ । एक डोजमात्र लगाए पुग्ने कोरोना विरुद्धको खोप जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको हो ।

कोरोनाविरुद्धको खोपको विशेषता भनेको यो आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोजमात्रै लगाए पुग्ने छ ।

यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश भएको छ । यसअघि अमेरिकाले फाइजर र मोडर्ना खोपलाई पनि अनुमति दिइसकेको छ । फाइजर र मोडर्ना खोपलाई भण्डारण गर्न डिप प्रिmज आवश्यक पर्छ भने दुई डोज लगाउनु पर्ने हुन्छ ।

त्यसैले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप सस्तो हुने अनुमान छ । यद्यपि यसको मूल्य सार्वजनिक भएको छैन । कम्पनीले जुन महिनाको अन्तिमतिर अमेरिकामा १० करोड डोज खोप उपलब्ध गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्