Logo
Logo

साउदीका पत्रकार खशोग्जी हत्याको सनसनीपूर्ण रिपोर्टपछि सबैको नजर बाइडेनमाथि


दृष्टि संवाददाता

504
Shares

अमेरिका । राष्ट्रपति जो बाइडेनले उनको शनिबार प्रशासनले साउदी अरबको विषयमा सोमबार एउटा घोषणा गर्ने बताएका छन् । पत्रकार जमाल खग्गोसी हत्या मामिलामा अमेरिकी गुप्तचर विभागको सनसनीपूर्ण रिपोर्टपछि सबैको नजर बाइडेनको घोषणामाथि अडिएको छ । तर बाइडेन प्रशासनले यसको विषयमा भने केही आलोचना पनि सामना गर्नुपरेको छ ।

अमेरिकी पत्रिका ‘वासिङ्टन पोस्ट’ को एउटा सम्पादकीयमा पनि राष्ट्रपतिले साउदी अरबका युवराजको विषयमा कडा व्यवहार अपनाउनुपर्दथ्यो भन्ने धारणा पोखेको छ । नयाँ अमेरिकी प्रशासनमा युवराजमाथि खग्गोसीको हत्याको मञ्जुरी दिएको आरोपबीच पनि प्रतिबन्ध लगाइएन । राष्ट्रपति बाइडेनलाई युवराज मोहम्मद बिन सलमानलाई सजाय दिनेबारे प्रश्न सोध्दा जवाफमा उनले भने, ‘साउदी अरबमाथि हामीले के गर्दैछौं भनेर सोमबार घोषणा हुनेछ ।’

यसबारे ह्वाइट हाउसले खासै जानकारी दिएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार कुनै ठूलै कदम उठाउने सम्भावना भने नरहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्