Logo
Logo

लिखित जवाफ पेश गर्दै प्रचण्डले भने- मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुनै सक्दैन


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । प्रचण्डले जवाफमा लेखेका छन्, ‘मैले सावजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

प्रचण्डले आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको समेत बताए । आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुनै नसक्ने प्रचण्डको भनाई छ । प्रचण्डले भने, ‘सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन् ।’

 

प्रतिक्रिया दिनुहोस्