काठमाडौं । अरुणकुमार राई ‘दोभान’द्धारा लिखित पुस्तक ‘आदिवासी जनजाती र अधिकार’ को शनिबार राजधानीमा विमोचन गरिएको छ । कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रिय कार्यालय सुम्निमा हलमा आयोजित किरात राई लेखक संघद्धारा आयोजित समहारोहमा किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, पहिचान आन्दोलनका अभियन्ता एवम् साहित्यकार राजन मुकारुङ, नेपाल आदिवास जनजाति महासंघका सचिव सोनामी याङ्की, अधिवक्ता शान्ति राई लगायतले पुस्तकको विमोचन गरेका हुन् ।
लेखक राईले यस अघि कविता संग्रह ‘निभ्दै गरेको उज्यालो’, नाटक ‘क्रान्ति नायक’ प्रथम र दोस्रो संस्करण, संकलित संग्रह ‘ऋतु रङ’ लगायत अन्य थुपै कृतिहरु प्रकाशित गरिसकेका छन् । आदिवासी जनजाती र अधिकार नामक यस पुस्तकले पनि दस्तावेज र अधिकारका बारे समाजमा चेतना दिने लेखक राईको विश्वास छ । शिक्षा, र भाषिक लगायतमा राज्यले आदिवासी जनजातीहरुमाथि अझै विभेद गरिरहेकोले आदिवासी जनजातीहरु एकता भई आफ्नो अधिकार लागि जाग्नुपर्ने आवश्यक रहेको लेखक राईको भनाई छ ।
साहित्यकार राजन मुकारुङ, जनजाति महासंघका सचिव सोनामी याङ्की लगायतले पुस्तकबारे समिक्षात्क टिप्पणी गरेका थिए । मुकारुङले मोफसलमा रहेर पनि आदिवासी जनजातीहरुको हक अधिकारका लागि यस्तो महत्वपुर्ण किताब प्रकाशनमा गर्नु निकै प्रशंसनीय कार्य रहेको बताए ।
कार्यक्रममा किरात राई लेखक संघको अध्यक्ष खुकसुङ खम्बु, बौद्धिक क्षेत्रका हिमालधन राई, हरिबहादुर माझि लगायतले पुस्तकबारे आफ्नो भनाई राखेका थिए । किरात राई लेखक संघ केन्द्रिय कार्य समितिद्धारा आयोजित कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तिहरुको उपस्थिती रहेको थियो ।