Logo
Logo

शेयर बजारमा ८० अंकको गिरावट


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक करिब ८० अंक घटेर २ हजार ५ सय विन्दुभन्दा तल झरेको छ । आइतबार सेयर बजारमा ८० अंकको ठूलै पहिरो गएको हो ।

सेन्सेटिभ इन्डेक्ससमेत १४ अंकले घटेर ४ सय ४७ बिन्दुमा आइपुगेको छ । नेप्से र सेन्सेटिभ दुवै सूचक ३ प्रतिशत भन्दा धेरै घटेका छन् । यससँगै बजार २ हजार ४ सय ७४ बिन्दुमा आइपुगेको छ ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ । गत साताको अन्तिम कारोबार दिन ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २ सय ७ कम्पनीको ९६ हजार १ सय ५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक मात्रै बढेको छ भने अन्य १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ० दशमलव ५४ प्रतिशत बढेको हो । यस उपसमूह अन्तर्गतको चन्द्रागिरी हिल्सको शेयरमूल्य बढेसँगै परिसूचक बढ्न पुगेको हो ।

लगानी उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव १३ प्रतिशत घटेको छ । त्यसैगरी, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

आइतबार शिखर इन्स्योरेन्सको एक अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ । निफ्राको ६३ करोड, ग्लोबल आइएमईको ३४ करोड, पुनर्बीमा कम्पनीको २८ करोड र नेपाल लाइफको २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्