Logo
Logo

खुमलटारकाे साँघुराे जीत


दृष्टि संवाददाता

504
Shares

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले साँघुरो जीत निकालेको छ । आइतबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई एक शून्य गोल अन्तरले हराएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटारलाई जीत दिलाउन महेश राईले निर्णायक गोल गरे । महेशले खेलको तेस्रो मिनेटमा निर्णायक गोल गरेका हुन् । जारी प्रतियोगितामा खुमलटारको छैटौं जित हो । यसअघि भएको खेलमा सातदोबाटोसँग पराजित भएको खुमलटारले झक्सिखेलसँग झिनो अन्तरको जीत निकाल्न सफल भयो ।

जीतसँगै खुमलटारले आठ खेलमा १९ अंक बनाएको छ । एक खेल कम खेलेको सातदोबाटोको पनि १९ अंक भएपनि हेड टु हेडका आधारमा खुमलटार लिगको दोस्रो स्थानमा नै कायम छ । यता झम्सिखेलले अहिलेसम्म एक खेलमा मात्र जीत निकालेको छ । आइतबारको हार उसका लागि चौथो पराजय हो ।

प्रतिक्रिया दिनुहोस्