Logo
Logo

यस्तो छ आगामी दिनको मौसम पुर्वानुमान


दृष्टि संवाददाता

882
Shares


काठमाडौं । मौसम पूर्वानुमान महाशाखा तीन दिनको मौसम पुर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको जनाएको छ ।

यस्तै आगामी तीन दिन प्रदेश १ का केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ ।

फाल्गुन १६ गते आइतबार रातीको समयमा प्रदेश १ मा सामान्य बदली रही वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । यस्तै केही स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै फाल्गुन १७ गते सोमबार दिउँसोको समयमा प्रदेश १, वाग्मती, गण्डकी र सुदुर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै राती प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । फाल्गुन १८ गते मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्