Logo
Logo

पूर्वप्रधानमन्त्री भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ । वायोप्सी, DOTA NOC परीक्षण, Endoscopic ultrasound (EUS) , PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका छन् ।

स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेका भट्टराई नेपाल वायु सेवा निगमको जहाजबाट मंगलबार नेपाल फर्कन लागेका हुन्।

चिकित्सकहरूले न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेको भनाई छ । तर उक्त ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।

दुई÷तीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने चिकित्सकहरूको भनाई रहेको छ । भट्टराईले विक्रम भाटियासँग स्वास्थ्य सम्बन्धी परामर्श लिएका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्