Logo
Logo

रहेनन् पुराना कम्युनिष्ट नेता चिनियाँलाल


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । बौद्ध दर्शन र संस्कृतिका व्याख्याता तथा पुराना कम्युनिष्ट नेता चिनियाँलाल बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ ।
वि.स. १९८८ साल कार्तिक ९ गते पाल्पाको तानसेन टकसारमा जन्मनु भएका बज्राचार्यको २०७७ फागुन १५ गते निधन भएको हो ।

बज्राचार्य पुराना कम्युनिष्ट नेता हुन् । पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भए लगत्तै मृगेन्द्रध्वज जोशीको संयोजनमा गठन भएको सेल कमिटीमा बज्राचार्यले सचिवको जिम्मेवारी पाउनु भएको थियो । यो कमिटी तत्कालीन पश्चिम गण्डक क्षेत्रको पहिलो पार्टी कमिटी थियो ।

बज्राचार्य शैक्षिक तथा सामाजिक अभियन्ता समेत हुनुहुन्थ्यो । यहाँले विभिन्न विद्यालयमा शिक्षकको रुपमा योगदान पुर्याउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्