Logo
Logo

वामपन्थी नेता भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै

स्मृति सभामा भाग लिन माधवकुमार नेपाल विराटनगर जाँदै


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस आज मनाइँदै छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह-आयोजनामा मंगलबार विराटगरमा स्मृति सभा आयोजना गरिएको छ ।

स्मृति सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि रहेका छन् । नेपाल उक्त फाउण्डेशनका संरक्षकसमेत हुन् ।

स्वर्गीय अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा पुर्‍याएको योगदानको चर्चा, अग्रज कम्युनिस्ट ज्येष्ठ नागरिक सम्मान तथा फाउण्डेशनको प्रदेश-१ समिति घोषणा गर्ने कार्यक्रम रहेको छ ।

विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका अधिकारीको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते निधन भएको थियो ।

अधिकारीले कानुन तथा अर्थ राजनीतिको गहिरो अध्ययन गरेका थिए । उनले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक शिक्षा हासिल गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए । अधिकारीले २०४७ सालको संविधान मस्यौदा समितिमा रहेर संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्