Logo
Logo

सन्तोष साहलाई पर्यटन बोर्डको सम्मान


दृष्टि संवाददाता

378
Shares

काठमाडौँ । बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ ।

मंगलबार नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएकोमा सम्मान गरेको हो ।

सेफ साहले नेपाललाई विश्वसामु चिनाउने कोशिश आफैले गरेको बताए । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उनले खुसी व्यक्त गरे । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने साहको भनाइ छ ।

सिरहाको कर्जन्हामा जन्मिएका साह लामो समयदेखि बेलायतमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्