Logo
Logo

बाँसबारीकाे सहज जीत


दृष्टि संवाददाता

378
Shares

काठमाडाैँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारी युवा क्लबले सहज जीत निकालेको छ ।

मंगलबार भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्ट्स क्लबलाई दुईका विरुद्ध शुन्य गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बाँसबारीलाई जित दिलाउन निशान सुनारले दुबै गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफकोे ४७ औं मिनेटमा निशानले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा निशानले व्यक्तिगत दोस्रो गोल गर्दै बाँसबारीलाई २–० को जित दिलाए ।

जितसँगै बाँसबारी ८ खेलमा १८ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा छ ।
पुल्चोक २ अंक जोडेर पुछारमा छ । यस हारसँगै पुल्चोकको घटुवा हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्