Logo
Logo

कुमारीमाथि मध्यपुरकाे पुनरागमन जीत


दृष्टि संवाददाता

504
Shares

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएसनले पुनरागमन जीत निकालेको छ ।

मंगलबार भएको खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई दुईका विरुद्ध शुन्य गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलले पछि परेपनि मध्यपुरले पुनरागमन गर्दै जीत निकाल्न सफल भएको हो ।

मध्यपुरको जीतमा कैलाश लामिछाने खत्री र धिरज श्रेष्ठले एक एक गोल गरे । श्री कुमारीका आशिष राईले एक गोल गरे ।

जितसँगै मध्यपुरले ८ खेलमा ७ अंक जोडेको छ । मध्यपुर लिगको नवौं स्थानमा उक्लिएको छ । श्री कुमारी ८ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्