चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् ।
उनले बुधबार यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–माधव समूहले दर्ता गर्ने जानकारी दिए । उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानको अर्थ नहुने बताए ।
प्रतिनिधिसभाका सदस्य डा कोइरालाले भन्, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’ उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए । यसैबीच उनले आगामी भदौ ७ गते कांग्रेसको महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।