Logo
Logo

गोंगबु हत्याकाण्ड : कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय


दृष्टि संवाददाता

2.4k
Shares

काठमाडौं । गत साउनमा दाङका कृष्णबहादुर बोहोराको गोंगबुमा भएको हत्याकाण्डमा काठमाडौं जिल्ला अदालतले कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको छ ।

न्यायाधिश राजेन्द्र अधिकारीको एकल इजलासले कल्पनालाई बोहराको क्रुर हत्याको अभियोगमा दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको हो ।

गत साउन २५ गते गोंगबुमा सुटकेशमा टाउको र खुट्टा बिनाको शव भेटिएको थियो । त्यसको केही पर जेब्रा झोला भित्र खुट्टा फेला परेको थियो ।

त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले कल्पना मुडभरी र उनकी छोरीलाई चितवनबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्