Logo
Logo

प्रधानमन्त्री पदले ढोका ढकढक्यायो, हामी झ्यालबाटै च्याउँछौँ : विश्वप्रकाश शर्मा


दृष्टि संवाददाता

882
Shares

काठमाडाैँ । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको बताएका छन् ।

बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमो पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाएको बताएका हुन् । उनले यसरी ढोका ढकढकाएपनि हामी झ्यालबाट नै चिहाइरहने बताए ।

‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको छ,’ उनले भने, ‘तर, कांग्रेसले ढोका खोलेको छैन । कांग्रेसले झ्यालबाट च्याइरहेको छ । कांग्रेसले निर्णय लिएको छैन ।’

प्रवक्ता शर्माले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीका बीचमा भएको समझदारीलाई सकारात्मक रुपमा लिएको बताए । ‘कांग्रेसले वार्ता समिति गठन हुनुलाई नै सकारात्मक भनेको थियो । तर, सरकारले मुलुकको प्रमुख प्रतिपक्षी दललाई समेत विश्वासमा लिने, छलफल गर्ने काम गरेन, यो बारेमा हामीले जे धारणा राखिरहेका छौँ, त्यो मिडियामा आएका कुराका आधारमा राखेका हौँ,’ प्रवक्ता शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्