Logo
Logo

अर्थमन्त्री पौडेलमाथि स्थानीयले मञ्चमै ढुंगा प्रहार गरे (भिडियाेसहित)


दृष्टि संवाददाता

29.4k
Shares

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा अर्थमन्त्री विष्णु पौडेलविरुद्ध स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् ।

ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।

स्थानीयले अर्थमन्त्री पौडेललाई भूमाफियालगायतका आरोप लगाउंँदै नाराबाजी गरेका थिए । नाराबाजी र ढुंगा प्रहार हुन थालेपछि
अर्थमन्त्री पौडेलले २ मिनेटमै आफ्नो मन्तव्य टुंग्याएर हिँडेका थिए ।

स्थानीयले बिहीबार पनि शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज भत्काइदिएका थिए । तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रहरी परिचालन गरी पुनः मच बनाएका थिए ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्