काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहका आज बस्ने भनिएको संसदीय दलको बैटकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम नजाने भएका छन् ।
नेकपा विभाजित भएपछि कुनै पक्षमा नलागी पार्टी एकता अभियानमा रहेको गौतमलाई भेटेर ओलीले आफ्नो समूहको संसदीय दलको बैठकमा बोलाएका थिए ।
गौतमको निजी सचिवालय स्रोतका अनुसार गौतम ओली समुहको संसदीय दलको बैठकमा नजाने भएका हुन् शुक्रबार साँझको भेटमा प्रधानमन्त्री ओली र नेता गौतमबीच सञ्चो–बिसञ्चोलगायत व्यक्तिगत कुराकानी मात्र बताइएको छ ।
बैठक प्रधानमन्त्रीकै निवास बालुवाटारमा दिउँसो २ बजे बस्दैछ । शुक्रबार भैंसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले आज बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका थिए ।
प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट आज ओली समूहको संसदीय दलको बैठक बस्दैछ ।
यो पनि पढ्नुस्
बालुवाटारमा आज ओली समुहको संसदीय दलको बैठक, वामदेवलाई पनि निमन्त्रणा