Logo
Logo

प्रकाण्डले भने- ‘संघीय लोकतान्त्रिक गणतन्त्र कामै नलाग्ने भईसक्यो’


दृष्टि संवाददाता

4.5k
Shares

काठमाडौं । नेकपाका नेत्र विक्रम चन्द ‘विप्लव’ समुहले संघीय लोकतान्त्रिक गणतन्त्र नमान्ने बताएका छन् । यो समहुका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा काम नलाग्ने भईसकेको बताएका छन् ।

प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहान्छ’मा पत्रकार ऋषि धमालसँग कुरा गर्दै उनले भने, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र काम नलाग्ने भईसक्यो ।’ संघीय लोकतान्त्रिक गणतन्त्रको लागि लडेको होईन ? भन्ने प्रश्नमा उनले भने, ‘होईन, हामिले त्यो बेलामा राजतन्त्रको अन्तयको निम्ति लडेका हौं, शामन्तवादको अन्त्यको निम्ति लडेका हौं’,  अर्को त्यो बेला संसदीय प्रतिक्रियावाद जो थियो जुन राजतन्त्रसँग घाँटी जोडेर देश र जनतालाई लुट्थ्यो । उनले त्यसको अन्त्य गर्नका निम्ति आफुहरुले १० बर्षे जनयुद्ध लडेको बताए ।

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच हिजो (शुक्रबार) तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । विप्लव समुह हिंसा छोडेर शान्तिपुर्ण राजनीतिमा आएका हुन् ।

के छ तीन बुँदे सहमतिमा ?
१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु पनि उपस्थित छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्