काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफुमा प्रधानमन्त्री बन्ने चाहाना नभएको बताएका छन् ।
काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमोचन समारोहमा उनले भने ‘प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ। प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।
देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका हुन् । काँग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताएका छन् ।
अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको बताउँदै देउवाले भने, ‘संसदीय व्यवस्थापनमा अदालतलाई यो गर उ गर भनेर सडकमा आन्दोलन गरिए व्यवस्था नै नरहने खतरा हुन्छ । त्यसैले मैले अदालतलाई यो गर त्यो भन्नुहुँदैन भनेको हुँ ।, उलने यसबारे आफु प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।