Logo
Logo

आजको मौसम पुर्वानुमानः मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

देशको पहाडी भूभागहरुको थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको सुचना अनुसार आज राति देशका पहाडी भूभागहरुमा सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेस १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्