Logo
Logo

काठमाडौंको खतरनाक गिरोह प्रहरी फन्दामा


दृष्टि संवाददाता

559.7k
Shares

काठमाडौं, २३ फागुन ।
जग्गा धनीलाई थाहा नै नदिई उनीहरुको जग्गा बिक्रि गरिदिने एक खतरनाक गिरोह प्रहरी फन्दामा परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन मालपोत कर्मचारीसहित १२ जनालाई पक्राउ गरेको हो ।


विजय कुमार खड्का, बाल प्रसाद भट्ट ,पुन्य प्रसाद दाहाल काफ्ले, यन्द्रबहादुर घले, बालकृष्ण बुढाथोकी, लक्ष्मी घतानी, विजय प्रकाश सुनुवार कृष्ष्ण बहादु दर्लामी र कृष्णबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बेल्जियम बस्दै आएकी मिना खड्काको थानकोटको २० आना जग्गा बिक्रि गरेका थिए । सो जग्गा कुमार दाहाल खत्रीलाई समेत बैना गरेका थिए । होटलमा गएर मालपोतका कर्मचारीले जग्गाको डोर पास गरिदिएका थिए । खड्काको नाममा नक्कली नागरिकता बनाई नक्कली जग्गाधनी खडा गरेर जग्गा पास भएको थियो ।

सो गिरोहलाई साथ दिने मालपोत कार्यालय कलंकीका तीन कर्मचारीहरु दीपक दाहाल, नारायण श्रेष्ठ र दीपा पंगेनीलाई प्रहरीले गत महिना पक्राउ गरेकोमा उनीहरु धरौटीमा छुटेका छन् । सोही मुद्दामा अनुसन्धान गर्ने क्रममा गिरोह पत्ता लागेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । पक्राउ परेकामध्ये केही यस्तै अपराधमा विगतमा जेल बसेर छुटेका व्यक्ति समेत छन् ।

सो गिरोहबारे विस्तृत विवरणः

 

 

 

 

 

     मिति २०७७/११/२३ गते

अर्काको जग्गाको किर्ते लालपूर्जा वनाई ठगि गर्ने ९ जना पक्राउ

 

जिल्ला म्याग्दी, बरंजा गा.बि.स. वडा नं. २ स्थायी वतन भएकी मीना खड्काको नाममा दर्ता कायम रहेको जिल्ला काठमाण्डौ, साविक थानकोट ५/क को कि.नं. ४२८ र ४२६ क्षेत्रफल १-४-०-० (वीस आना) भएको जग्गा वास्तविक जग्गाधनि मिना खड्का बेल्जियममा रहेको अबस्थामा मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको सोही जग्गाको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको  नक्कली जग्गाधनी प्रमाणपूर्जामा बिवरणहरु वास्तविक मिना खड्काको र फोटो लक्ष्मी घतानीको टाँस गरी सोही आधारमा उक्त जग्गा कृष्ण गोपाल श्रेष्‍ठ र  कृष्णभक्त माक श्रेष्‍ठ समेतका जाहेरवालाहरुलाई बिक्री गरी कुल रु.७२,००,०००।- (बहत्तर लाख) र सोही जग्गा कुमार दाहाल खत्रीलाई राजिनामा पास गरि दिने भनि मिति २०७६।०८।३० मा बैना बापत रु.३५,००,०००।- रकम लिई ठगी, लिखत सम्बन्धी कसूर एवं संगठित अपराध गरेको ।

२. पक्राउ प्रतिवादीहरु(मिति २०७७।१०।०७ र ऐ २० गते पक्राउ परी काठमाण्डौ जिल्ला अदालतबाट धरौटीमा छुटेका मालपोतका कर्मचारीहरु ):-

  1. तत्काल मालपोत कार्यालय कलङकी र हाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत दिपक दाहाल  (रु.४ लाख धरौटी)
  2. तत्काल र हाल मालपोत कार्यालय कलङकीमा ना.सु. पदमा कार्यरत नारायण श्रेष्ठ (रु.४ लाख धरौटी)
  3. तत्काल मालपोत कार्यालय कलङकी र हाल राष्ट्रिय कितावखाना ललितपुर हरिहर भवनमा खरिदार पदमा कार्यरत दिपा पंज्ञानी ( रु.१ लाख धरौटी)

३. हाल पक्राउ परी अनुसन्धान भइरहेका प्रतिवादीहरु:-

  1. जिल्ला काठमाण्डौ, बुढानिलकंठ न.पा. वडा नं ११ बस्ने बर्ष ४७ को बिजय कुमार खड्का ।
  2. जिल्ला धादिङ, निलकंठ न.पा. वडा नं. ५ पतेनी हाल जिल्ला चितवन राप्ति न.पा.-२ पिप्ले बस्ने बाल प्रसाद भट्ट ।
  3. जिल्ला काभ्रे, पनौती नगरपालिका वडा नं. ४ स्थायी वतन भएका रामचन्द्र पुडासैनी समेत भन्ने पुण्डे प्रसाद काफ्ले ।
  4. जिल्ला संखुवासभा, नुनढाकी गा.पा. ६ स्थायि वतन भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.-१८ भैंसेपाटी बस्ने बर्ष ५३ को ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले।
  5. जिल्ला रामेछाप, साविक गेलु गा.वि.स. वडा नं. ९ हाल मन्थली न.पा. वडा नं. ११ बस्ने बालकृष्ण बुढाथोकी ।
  6. जिल्ला सिन्धुपाल्चोक, ठूलोधादिङ गा.वि.स. वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, गोकर्णेश्वर ६ बस्ने लक्ष्मी घतानी ।
  7. जिल्ला ओखलढूंगा, खीजिदेम्बा गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्द बस्ने बर्ष ४६ को बिजय प्रकाश सुनुवार ।
  8. जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. १० बानेश्वर बस्ने कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी ।
  9. जिल्ला झापा, कचनकवल नगरपालिका वडा नं ३ स्थायी वतन भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका बस्ने नर बहादुर कटुवालको छोरा बर्ष ४५ को कृष्ण बहादुर कटुवाल ।

 

१. घट्नाको संक्षिप्त बिवरण:-

जिल्ला म्याग्दी, बरंजा गा.बि.स. वडा नं. २ स्थायी वतन भएकी मीना खड्काको नाममा दर्ता कायम रहेको जिल्ला काठमाण्डौ, साविक थानकोट ५/क को कि.नं. ४२८ र ४२६ क्षेत्रफल १-४-०-० (वीस आना) भएको जग्गा वास्तविक जग्गाधनि मिना खड्का बेल्जियममा रहेको अबस्थामा मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको सोही जग्गाको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई जग्गा धनी मिना खड्काको रुपमा लक्ष्मी घतानीलाई खडा गरी मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको  नक्कली जग्गाधनी प्रमाणपूर्जामा बिवरणहरु वास्तविक मिना खड्काको र फोटो लक्ष्मी घतानीको टाँस गरी सोही आधारमा उक्त जग्गा  जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा न. ४ बस्ने कृष्ण गोपाल श्रेष्‍ठ, रत्न केशरी म्हका श्रेष्‍ठ, कृष्णभक्त माक श्रेष्‍ठ, बिजय लक्ष्मी श्रेष्‍ठलाई बिक्री गरी कुल रु.७२,००,०००।- (बहत्तर लाख) ठगी गरेको, नागरिकता र  जग्गाधनी प्रमाणपूर्जा नक्कली बनाई  लिखत सम्बन्धी कसूर एवं संगठित अपराध गरेको ।

साथै सोही जग्गा जिल्ला काभ्रे धुलिखेल बस्ने कुमार दाहाल खत्रीलाई प्रति आना रु.१०,५०,०००।- मूल्यांकनमा राजिनामा पास गरि दिने भनि कुमार दाहाल खत्रीबाट मिति २०७६।०८।३० मा बैना बापत रु.३५,००,०००।- रकम लिई ठगी गरेको  भन्ने जाहेरी दरखास्त ।

२. जाहेरवालाहरु  (१,२,३,४ जग्गा खरिद गर्नेहरु र ५ वास्तविक जग्गाधनी)

  1. जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा न. ४ बस्ने सुर्यलाल श्रेष्ठको छोरा कृष्ण गोपाल श्रेष्‍ठ ।
  2. जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा न. ४ बस्ने सुर्यलाल श्रेष्ठको बुहारी कृष्ण गोपाल श्रेष्‍ठको श्रीमति रत्न केशरी म्हका श्रेष्‍ठ
  3. जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा न. ४ बस्ने कृष्ण माक श्रेष्‍ठको छोरा कृष्णभक्त माक श्रेष्‍ठ ।
  4. जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा न. ४ बस्ने श्यामकृष्ण माक श्रेष्‍ठको पत्नी बिजय लक्ष्मी श्रेष्‍ठ ।
  5. जिल्ला म्याग्दी, बरंजा गा.बि.स. वडा नं. २ बस्ने मीना खड्का ।
  6. जिल्ला काभ्रे, धुलिखेल नगरपालिका वडा नं. ७ बस्ने कुमार दाहाल खत्री ।

३. पक्राउ प्रतिवादीहरु (मिति २०७७।१०।०७ र ऐ २० गते पक्राउ परी काठमाण्डौ जिल्ला अदालतबाट धरौटीमा छुटेका मालपोतका कर्मचारीहरु ):-

  1. तत्काल मालपोत कार्यालय कलङकी र हाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत दिपक दाहाल  (रु.४ लाख धरौटी)
  2. तत्काल र हाल मालपोत कार्यालय कलङकीमा ना.सु. पदमा कार्यरत नारायण श्रेष्ठ (रु.४ लाख धरौटी)
  3. तत्काल मालपोत कार्यालय कलङकी र हाल राष्ट्रिय कितावखाना ललितपुर हरिहर भवनमा खरिदार पदमा कार्यरत दिपा पंज्ञानी ( रु.१ लाख धरौटी)

४. हाल पक्राउ परी अनुसन्धान भइरहेका प्रतिवादीहरु:-

  1. जिल्ला काठमाण्डौ, बुढानिलकंठ न.पा. वडा नं ११ बस्ने तिलक बहादुर खड्काको नाति श्याम बिक्रम खड्काको छोरा बर्ष ४७ को बिजय कुमार खड्का ।
  2. जिल्ला धादिङ, निलकंठ न.पा. वडा नं. ५ पतेनी हाल जिल्ला चितवन राप्ति न.पा.-२ पिप्ले बस्ने रामचन्द्र भट्टको नाति नन्दलाल भट्टको छोरा बिष्णु भट्ट र केशव भट्ट भन्ने बाल प्रसाद भट्ट ।
  3. जिल्ला काभ्रे, पनौती स्थायी वतन भएका रामचन्द्र पुडासैनी/राम बहादुर खड्का भन्ने पुण्य प्रसाद काफ्ले ।
  4. जिल्ला संखुवासभा, नुनढाकी गा.पा. ६ स्थायि वतन भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.-१८ भैंसेपाटी बस्ने मान बहादुर घलेको नाति भक्तबहादुर घलेको छोरा बर्ष ५३ को ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले।
  5. जिल्ला रामेछाप, साविक गेलु गा.वि.स. वडा नं. ९ हाल मन्थली न.पा. वडा नं. ११ स्थायी वतन भई हाल जिल्ला भक्तपुर मध्यपुर ठमी न.पा. लोकन्थली बस्ने बालकृष्ण बुढाथोकी
  6. जिल्ला दोलखा, भुसाफेदा गा.वि.स.वडा नं. ५ जन्मस्थान, जिल्ला सिन्धुपाल्चोक , ठूलोधादिङ गा.वि.स. वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारायणटार बस्ने जय बहादुर बि.क.को छोरी रत्न परियारको श्रीमति बर्ष ४२ को मिना खड्का भई खडा हुने लक्ष्मी घतानी ।
  7. जिल्ला ओखलढूंगा, खीजिदेम्बा गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्द बस्ने बर्ष ४६ को बिजय प्रकाश सुनुवार ।
  8. जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. १० बानेश्वर बस्ने कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी ।
  9. जिल्ला झापा, कचनकवल नगरपालिका वडा नं ३ स्थायी वतन भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका बस्ने नर बहादुर कटुवालको छोरा बर्ष ४५ को कृष्ण बहादुर कटुवाल ।

५. प्रतिवादीहरुको कसूरमा भुमिका

  • रामचन्द्र पुडासैनी/राम बहादुर खड्का र पदम काफ्ले भन्ने पुण्य प्रसाद काफ्ले (मुख्य योजनाकार / जग्गा बिक्री गर्न परिपञ्च मिलाउने/ जाहेरवालाहरुलाई जग्गा देखाई खरिदको लागि तयार गर्ने )
  • ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले ( राजिनामा पास गर्दा जग्गाधनीको दाजु ईन्द्र बहादुर खत्री हुँ भनि सनाखत गर्ने)
  • बिष्णु /केशव भन्ने बाल प्रसाद भट्ट (मुख्य योजनाकार / जग्गा बिक्री गर्न परिपञ्च मिलाउने/नक्कली कागजातहरु बनाउने/ रकमको पँजनी (बाँडफाँड) गर्ने )
  • बिजय कुमार खड्का (मिना खड्काको नागरकता र जग्गाधनी प्रमाण पूर्जाको फोटोकपी उपलब्ध गराउने/ मिना खड्काको नक्कली नागरिकता र नक्कली जग्गाधनी प्रमाण पूर्जा बनाउन कृष्ण बहादुर दर्लामीलाई जिम्मा दिने)
  • बालकृष्ण बुढाथोकी (जग्गा बिक्रीबाट आएको रकम अशोक माझिको नामबाट निकाली लिने, जग्गा बिक्री गर्दा मालपोत कार्यालयमा गार्ड ( निग्रानी) गर्ने )
  • लक्ष्मी घतानी (मिना खड्का भई खडा भएर जग्गा राजिनामा गर्ने, जग्गा बिक्रीबाट प्राप्त रकम मिना खड्काकै नाममा मुक्तिनाथ बिकास बैंक लि.मा खोलिएको खाताबाट निकाली लिने ) ।
  • बिजय प्रकाश सुनुवार ( लक्ष्मी घतानीलाई ल्याई मिना खड्काको रुपमा खडा गराउने, जग्गाधनीको अभिनय गर्न सिकाउने
  • कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी (कृष्ण बहादुर कटुवालसंग मिलेर किर्ते नागरिकता र किर्ते जग्गाधनी प्रमाणपूर्जा बनाउने)
  • कृष्ण बहादुर कटुवाल ( किर्ते नागरिकता र किर्ते जग्गाधनी प्रमाणपूर्जा तयार गरेर कृष्ण बहादुर दर्लामीलाई जिम्मा दिने)

 

६. पक्राउ हुन बाँकी प्रतिवादीहरु ;-

  • मालपोत कार्यालय कलङकीमा लेखापढीको काम गर्ने स्वीकृति पाएका राजाराम थापा (लेखापढी ब्यवशायी)।

 

७. पक्राउ प्रतिवादीहरुको आपराधिक अभिलेख :-

  • रामचन्द्र पुडासैनी/राम बहादुर खड्का र पदम काफ्ले भन्ने पुण्य प्रसाद काफ्ले यस अघि लिला सिटौलाको जाहेरीले जिल्ला ललितपुरबाट मिति २०६८।०३।२८ मा चलेको ठगी मुद्दा र निजै उपर सुवास चन्द्र रिजालको जाहेरीले काठमाण्डौबाट मिति २०७१।०४।३० मा चलेको ठगी मुद्दामा पक्राउ परेको ।
  • ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले २०६९ ।०१।१७ मा कपन ओम हस्पीटल छेउको जग्गा किर्ते गरेको सम्बन्धमा प्रहरी प्रतिवेदन जाहेरीले बौद्धबाट मुद्धा चलेकोमा ३५ हजार धरौटी २ बर्ष कैद फैसला भई जेल बसेर छुटेको ।
  • बिष्णु /केशव भन्ने बाल प्रसाद भट्ट यस अघि लिला सिटौलाको जाहेरीले जिल्ला ललितपुरबाट मिति २०६८।०३।२८ मा चलेको ठगी मुद्दामा पक्राउ परेको ।
  • प्रतिवादी बिजय कुमार खड्का मिति ०६९।१२।२२मा प्रहरी प्रतिवेदन जाहेरी परेको महानगरीय प्रहरी परिसरबाट निजलाई पक्राउ गरी अनुसन्धान भएको सरकारी छाप दस्तखत किर्ते मुद्दामातत्काल रु.१,००,०००।- (एक लाख ) धरौटी राखी छुटेकोमा उक्त मुद्धा फैसला हुदा रु ५,०००।- जरिवाना र कैद हुने ठहर भएको ।

८. प्रतिवादीहरुले गरेको अन्य कसूर:-

१. पुण्य प्रसाद काफ्ले,ईन्द्र बहादुर घले, बाल प्रसाद भट्ट समेत मिलेर जिल्ला चितवन, शिबनगर-४ स्थायी वतन भएकी शिब बहादुर थापाको श्रीमति दुर्गा थापाको नामको जिल्ला चितवन, रातापुर गा.वि.स. वडा नं. ४ क को कि.नं. २०९५ क्षेत्रफल २ कठ्ठा १० धुर (८४६.५८ बर्गमीटर) जग्गा दुर्गा थापाको नामको नक्कली धनीपूर्जा र नक्कली नागरिकता बनाई बिक्री गर्ने तयारी भईरहेको ।

२. पुण्य प्रसाद काफ्ले,ईन्द्र बहादुर घले, बाल प्रसाद भट्ट समेत मिलेर जिल्ला सुनसरी धरान नगरपालिका  वडा नं ८ स्थायी वतन भएकी मोहन कुमार राईको छोरी रमेश राईको श्रीमति (ना.प्र.नं.१३०२५।०५६।०५७ सुनसरी) ईन्दिरा राईको नाममा रहेको जिल्ला भक्तपुर, दुवाकोट गा.वि.स. वडा नं. ३ क को कि.नं. १२४३ र १२४५ को क्षेत्रफल क्रमश: ०-४-०-० र ०-३-३-० को जग्गा  ईन्दिरा राईको नक्कली धनीपूर्जा र नक्कली नागरिकता बनाई बिजय लक्ष्मी श्रेष्ठ र रत्नकेशरी म्ह्का श्रेष्ठलाई रु.४३,५०,०००।- मा बिक्री गरेको ।

३पुण्य प्रसाद काफ्ले,ईन्द्र बहादुर घले, बाल प्रसाद भट्ट समेत मिलेर जिल्ला मोरङ, मधुमल्ला गा.वि.स. वडा नं. ९ स्थायी वतन भएकी जनक माझीको छोरी रिता देवी माझीको नाममा रहेको जिल्ला भक्तपुर, दुवाकोट गा.वि.स. १ ख को कि.नं. १०८० को क्षेत्रफल ०-२-३-० र कि.नं. १०८९ क्षेत्रफल ०-३-१-० गरी कुल क्षेत्रफल ०-६-०-० जग्गा जग्गाधनी रिता देवी माझीको नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई सोही आधारमा रत्न केशरी म्हका श्रेष्ठ र बिजय लक्ष्मी श्रेष्ठलाई मिति २०७६।०६।०७ मा रु.४९,००,०००।- रकम लिई ठगी गरेको ।

९.अभियुक्तहरुको अपराध कार्यबिधि

  • अभियुक्तहरु मिलेर बिगत समय बिक्री गर्ने भनि कुरा चलेका तथा तत्कालै पनि बिक्रीको चर्चामा रहेका जग्गाहरुको बारेमा जानकारी राख्ने गरेका ।
  • त्यस्ता बिक्रीको चर्चामा रहेका जग्गाहरु मध्ये महिला जग्गाधनी भएका र टाढा बसोबास गर्ने जग्गाधनी भएका (सकेसम्म विदेश) जग्गाहरुलाई Fraud गरी बिक्रीको लागी Target बनाउने ।
  • वास्तबिक जग्गाधनीले बिक्रीको लागि भनेका (अर्‍हाएका) मानिसहरु खोजी गरी आफूहरुसंग जग्गा किन्ने मानिस रहेको वा आफैंले जग्गा लिन चाहेको भनि जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा र नागरिकताको फोटोकपी प्राप्त गर्ने,
  • प्राप्त फोटोकपीमा भएको बिवरण भरी तयार गरिएको नक्कली नागरिकता र जग्गाधनी दर्ता प्रमाणपूर्जामा फोटो प्रतिवादीहरु मध्येको मिल्दो जुल्दो मानिसको टाँस गर्ने वा नभएमा मिल्दो जुल्दो मानिस खोजी ल्याई निजैको फोटो टाँस गरी जग्गाधनी खडा गर्ने ।
  • जग्गाधनी खडा भैसकेपछि जग्गाधनीको आफन्त बनेर परिपञ्च मिलाउने, सनाखत गर्ने, बिश्वासमा पार्ने गरी अभियुक्तहरुले जिम्मेवारी बाँडफाँड गरी सोही अनुरुपको नक्कली नागरिकता समेत बनाई बोक्ने र परिचालित हुने ।
  • त्यसपछि जग्गा खरिद गर्ने उपयुक्त ग्राहक खोजी गरी त्यस्ता ग्राहकलाई जग्गा सस्तोमा बिक्री गर्ने बाध्यता परेको भन्ने मुखले परिपञ्च मिलाई जग्गा खरिद गर्न ज्यादै कम मूल्य सुनाई प्रलोभनमा पार्ने ।
  • सो पछि जग्गा देखाई बैना बापत भनि नगदै रकम लिई ठगी गर्ने र जग्गा राजिनामा पारित गराई जग्गाको कुल मूल्य बापतको रकम लिई पुन: ठगी गर्ने,
  • सकेसम्म जग्गा डोर मार्फत पारित गर्नु पर्ने बाध्यता देखाई जग्गा डोर मार्फत पारित गराउने ।
  • जग्गा बिक्रीबाट आएको रकम नक्कली (काल्पनिक) नागरिकताको आधारमा बैंकमा खोलिएको खातामा जम्मा गराई सोही खाताबाट भुक्तानी लिई बाँडफाँड गर्ने ।

 

प्रतिक्रिया दिनुहोस्