Logo
Logo

सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम


दृष्टि संवाददाता

630
Shares

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबको अपराजित यात्रा रोकिएको छ ।

मध्यपुर युथ एशोसियसनले सातदोबाटोलाई दुईका विरुद्ध एक गोलले हराएसँगै सातदोबाटोको ९ खेलको अपराजित यात्रामा विश्राम लागेको हो ।

आइतबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा मध्यपुरको जीतमा कैलाश लामिछाने खत्री र सन्नी लामाले गोल गरे । यता सातदोबाटोका लागि माल्दिन आङथुपुले सान्तवना गोल फर्काए ।

खेलको २९औँ मिनेटमा कैलाशले गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए । तर ५०औँ मिनेटमा माल्दिनले बराबरी गोल फर्काए । मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

सातदोबाटो दुई खेल अगाबै ‘ए’ डिभिजनमा बढुवा समेत भइसकेको छ । मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्