Logo
Logo

पुल्चोकको पहिलो जीत दर्ता


दृष्टि संवाददाता

189
Shares

काठमाडाैँ ।  शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा पुल्चोक स्पोर्ट्स क्लबले पहिलो जीत निकालेको छ ।

सोमबार भएको खेलमा रानीपोखरी कर्नर टिम आरसिटीलाई दुईका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै पुल्चोकले पहिलो जीत निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा पुल्चोकलाई जीत दिलाउन अर्जुनकुमार राना र किस्मत लिम्बुले एक एक गोल गरे । आरसिटीका अमर डंगोलले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा अर्जुनले गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए । तर, ४३ औं मिनेटमा अमरले गोल गर्दै आरसिटीलाई एकका विरुद्ध एक गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा किस्मतले गोल गर्दै पुल्चोकलाई दुईका विरुद्ध एक को जीत दिलाए । जीतसँगै पुल्चोकले १० खेलमा ५ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्