काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार बिहान बस्ने भनिएको एमालेको बैठक तयारी नपुगेकाले स्थगित गरिएको हो ।
माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव इश्वर पोखरेलले मंगलबार बिहान ९ बजे सचिवालय बैठक बोलाएका थिए ।
स्रोतका अनुसार नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो ।