Logo
Logo

तत्कालिन रोयल मर्चैन्ट बैंकिङका सञ्चालकसहित सात जना अख्तियारको हिरासतमा


दृष्टि संवाददाता

1.9k
Shares

काठमाडौं, २५ फागुन ।
साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसहित बिभिन्न व्यक्तिहरु उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ वटा मुद्दा दायर गरेको छ । फरक फरक कर्जामा आयोगले छुट्टा छुट्टै मुद्दा दर्ता गरेको हो ।


मुद्दा दायर गरिएकामध्ये साविक रोयल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक बसन्त मल्ल, बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध संचालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि. का संचालक मनोज कुमार भेटवाल, ऋणी भैरब प्रसाद भेटवाल र रविन लामासमेतलाई आयोगले पक्राउ समेत गरेको छ ।

रोयल मर्चेन्ट फाइनान्स पछि एपेक्स बैंक बनेकोमा हाल एनसिसी बैंकले खरिद गरेको हो । सोही खराब कर्जाका कारण अहिले पनि बैंकको अवस्था राम्रो हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्