Logo
Logo

पूर्वमन्त्री अधिकारीको अवस्था अत्यन्त गम्भीर


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, १७ फागुन । पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अत्यन्त गम्भीर भएको छ। हाल उनको काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।


अधिकारीको स्वास्थ्य अवस्था नाजुक रहेको ह्याम्स अस्पताल स्रोतले जानकारी दिएको छ।

लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटकपटक दोहोरिएको थियो। पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। त्यसपछि फेरी उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।उनकी छोरी भारतबाट आउने क्रममा छिन् ।

प्रतिक्रिया दिनुहोस्