Logo
Logo

जसपाका कारण नयाँ सरकार गठनमा ढिलाई

तीन दलको बैठक निष्कर्षविहीन


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं । सत्ता समीकरणका विषयमा छलफल गर्न बसेको तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा देउवा निवास बुढानिलकण्ठमा बसेको बैठक कुनै निचोडमा नपुगि सकिएको हो ।

तीन बजे बस्ने भनेपनि निकै ढिला गरी झण्डै साढे चार तिर सुरु भएको बैठक आधा घण्टा मात्रै बस्यो । बैठकमा जसपाले पार्टीभित्र छलफल गर्न समय मागेपछि बैठक कुनै निष्कर्षमा नपुगेको बैठकमा सहभागी माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जसपाले पार्टीभित्र छलफल गरेर निष्कर्ष निकालेसँगै अर्को बैठक बस्ने श्रेष्ठले बताए । एक साता अघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केपी ओलीको राजीनामा माग्ने निर्णय गरेको थियो । त्यसको एक साता मै कांग्रेसले सरकार बनाउने विषयमा औपचारिक छलफललाई तीव्रता दिएको हो ।

बैठकमा कांग्रेस सभापति देउवाले जसपा सामू आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै देउवाले बैठकमा भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरुको धारणा के छ ।’

यसअघि तीन बजे बस्ने भनिएको बैठक जसपा आन्तरिक छलफलमा जुटेकाले ढिला गरी सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्