Logo
Logo

जब मञ्चमा देउवाले पौडेललाई हकारे…


दृष्टि संवाददाता

6.7k
Shares

काठमाडाैं । शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको काठमाडौंमा उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताको उपस्थिति थियो ।

कार्यक्रममा कांग्रेस नेता पौडेललाई मन्चमा सम्बोधनका लागि बोलाइयो । सम्बोधनका क्रममा पौडेलले सभापति देउवाले नयाँ सरकार बनाउने विषयमा अग्रसरता नदेखाएको भन्दै आलोचना गरे । देउवा पौडेलको भाषण एकोहोरो सुनिरहेका थिए ।

पौडेलले सरकार निरङ्कुशतातिर अघि बढेकाले विकल्प खोज्नुपर्ने अवस्था आएको बताए । उनले फेरि देउवालाई नै रिस साँध्दै कांग्रेसले सरकार गठनको एउटा अवसर गुमाएकाले फेरि सरकार बदल्ने विषयमा चुप लागेर बस्न नहुने बताए ।

भाषण सकेर मञ्चको कुर्सीमा बस्न जानै लाग्दा देउवाले बीचमै रोकेर आफूले नयाँ सरकार बनाउन पहल गरिरहेको बताए । उनले पौडेललाई पुनः आफूले पहलकदमी लिइरहेकाले जथाभावी नबोल्ने भनिरहेका थिए । तर, पौडेलले त्यसलाई हाँसोमै टारे । यद्यपी, देउवाको मुहारमा आक्रोश भने कम भएको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्