Logo
Logo

गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने सरकारको निर्णय


दृष्टि संवाददाता

6.5k
Shares

काठमाडौं । सरकारले स्थानीय तहको केन्द्र र नाम परिवर्तन गर्ने निर्णय गरेको छ । एक सातामा बसेका मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले दुई स्थानीय तहको केन्द्र र एक स्थानीय तहको नाम परिवर्तन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं.३ ढाँडगाउँबाट हेरफेर गरी वडा नं.४ को कागकोटमा र बाँकेको खजुरा गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं.४ बागेश्‍वरीबाट हेरफेर गरी वडा नं.३ को बागमतीनगरमा कायम गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा रामेछापको दोरम्बा गाउँपालिकाको नाम हेरफेर गरी दोरम्बा शैंलुङ गाउँपालिका कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको गुरुङले जानकारी दिए ।

यि बाहेक विदेशमा बस्ने नेपाली सुमदायले वा यस समुदायका लागि काम गरिरहेका संघ संस्थाले र नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाम सञ्चालन गर्न चाहानेले सम्बन्धित देशको कानुन अनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालय तहमा माध्यामिक तहसम्मको पठन पाठन सञ्चालनका लागि माग भइ आएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्विकृति दिन पाउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्